नियम १४
सीलबन्दी गरिएको भाडो विश्लेषक कहा पठाउने
यस नियमावली बमोजिम औषधिको नमूना राखी सीलबन्दी गरिएको भाडो कुनै विश्लेषककहा पठाउदा देहाय बमोजिम गरी अनुसूची–२ बमोजिमको ढाचाको फाराममा भरी पठाउनु पर्नेछ र यसरी नमूना पठाउ“दा हुलाक वा यातायातको कुनै साधनद्वारा पठाउन सकिनेछ :–
(क) भाडोलाई सुरक्षितसाथ प्याकि· गरी धागोले बाधी त्यसरी धागो बाधिएको चार ठाउमा आफ्नो नाउको छाप स्पष्ट बुझिने गरी सीलबन्दी गर्ने वा विश्लेषकको शर्त वा प्रचलित कानून बमोजिमको तरिकाबाट सीलबन्दी गर्ने,
(ख) सीलबन्दी गरी प्याकि· गरिएको भाडोको बाहिरी आवरणमा औषधिको नाम, परिमाण तथा सा“केतिक संख्या समेत स्पष्ट उल्लेख गर्ने ।